सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

झापामा बलेरोको ठक्करबाट एक जनाको मृत्यु

बुधबार, ०८ चैत २०७९, १० : ०९
बुधबार, ०८ चैत २०७९

झापा । झापामा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ। कमल गाउँपालिका–५ निवासी ४० वर्षीय चन्द्रबहादुर राईको बलेर ठक्करबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार  मंगलबार राति १० बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत सितापुरीमा मे १ ज १९४२ नम्बरको बोलेरो गाडीले ठक्कर दिँदा राईको मृत्यु भएको हो। 

सो दुर्घटना गरी फरार रहेका बोलेरो चालक इलाम नगरपालिका–२ निवासी ३२ वर्षीय पेम्बा तामाङलाई भने प्रहरीले बुधबार बिहान बिर्तामोडस्थित बसपार्कबाट नियन्त्रणमा लिएको छ। 

गाडीसहित पक्राउ परेका चालक तामाङलाई आवश्यक कारबाहीका प्रक्रिया अघि बढाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप