मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एडेबायोरद्वारा सन्यासको घोषणा

बुधबार, ०८ चैत २०७९, १६ : ०५
बुधबार, ०८ चैत २०७९

टोगो । इमानुएल एडेबायोरले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । सन् २००६ मा मानाकोबाट प्रिमियर लिग क्लब आर्सनल आइपुगेका टोगोका स्ट्राइकरले टोलीका लागि ६२ गोल गरेका थिए । ३९ वर्षीय खेलाडी सन् २००८ मा अफ्रिकाको वर्ष फुटबल खेलाडी घोषित भएका थिए भने प्रिमियर लिगको वर्ष टोलीमा समेत समावेश भएका थिए ।

म्यानचेस्टर सिटीलाई अबुधावीको युनाइटेड समूहले खरिद गरेपछि सन् २००९ को जुलाईमा उनी आर्सनल छाडेर २।५ करोड पाउन्डमा सिटीसँग आबद्ध भएका थिए । यो ट्रान्सफर निकै विवादीतसमेत भएको थियो । सिटीबाट उनी ऋणमा रियल मड्रिड पुगेका थिए । त्यहाँबाट उनी टोटनहम हुँदै क्रिस्टिल प्यालेस पुगे । केही समय उनले टर्की र पाराग्वेमा पनि खेलेका थिए । 

देशका लागि एडेबायोरले ८५ खेलबाट ३२ गोल गरेका छन् । त्यस्तै प्रिमियर लिगमा उनीभन्दा धेरै गोल गर्नेमा डिडिएर ड्रोग्बा, साडियो माने र मोहमद शालाहमात्र रहेका छन् । इन्सटाग्राममा सन्यासको घोषणा गर्दै उनले आफ्ना समर्थक तथा समकक्षी सबैलाई धन्यवाद दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप