थ्री नेसन्स प्रधानमन्त्री कप
लाओस्बीविरुद्ध नेपाललाई पहिलो हाफमा १-० गोलको अग्रता
बुधबार, ०८ चैत २०७९, १८ : ५२
काठमाडौँ । थ्री नेसन्स प्रधानमन्त्री कप फुटबल प्रतियोगिता अन्तर्गत नेपालले पहिलो हाफमा लाओस्बीविरुद्ध अग्रता बनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला जारी खेलमा नेपालले लावसविरुद्ध पहिलो हाफमा १-० गोलको अग्रता बनाएको हो ।
खेलको ३० औं मिनेटमा गोल गर्दै नेपालका लागि अनन्त तामाङले पहिलो हाफमा अग्रता दिलाएका हुन् । उनले नवीन लामाको कर्नरमा हेड मार्फत गोल गरेका हुन् ।