नेपाललाई २-० गोलको अग्रता
बुधबार, ०८ चैत २०७९, १९ : १७
काठमाडौँ । थ्री नेसन्स प्रधानमन्त्री कप फुटबल प्रतियोगिता अन्तर्गत नेपालले लाओस्बीविरुद्ध २-० को अग्रता कायम गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला जारी खेलमा नेपालले लावसविरुद्ध २-० गोलको अग्रता कायम गरेको हो ।
खेलको दोस्रो हाफको ५६ औं मिनेटमा नेपालका लागि नवयुग श्रेष्ठले गोल गरेका हुन् ।
यसअघि पहिलो हाफमा नवीन लामाको कर्नरमा हेड मार्फत गोल गर्दै नेपालका लागि अनन्त तामाङले अग्रता दिलाएका थिए ।