मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

जीतपुर सिमरा गोल्डकप आजदेखि

बिहीबार, ०९ चैत २०७९, ०७ : ३३
बिहीबार, ०९ चैत २०७९

सिमरा। मोफसल कै सर्वाधिक १० लाख राशि पुरस्कारको जीतपुर सिमरा गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुदैँछ । 

खेलमा ए डिभिजनका पाँचवटा क्लबसहित मोफसलका १० चर्चित टिमहरूको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए । उनका अनुसार उद्घाटन खेलमा भने आयोजक नव जनजागृति र बीएफसी चितवन भिड्ने छन् ।

चैत ९– १८ सम्म चल्ने प्रतियोगिता विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् ।  विधागततर्फ उत्कृष्ट हुने खेलाडीले जनही २० हजार दिने जनाएको आयोजकले प्रत्येक खेलका म्यान अफ द म्याचलाई १० हजार छुटाएको छ । 

सो प्रतियोगितामा साबिक विजेता एनआरटीसहित ए डिभिजनका एपीएफ, सातदोबाटो युथ क्लब, हिमालयन शेर्पा क्लब, चर्च ब्वाइज युनाइटेड क्लब प्रतिस्पर्धामा उत्रदै छन् भने मोफसलका बीएफसी चितवन, वीरगन्ज युनाइटेड क्लब, मकवानपुर ११ हेटौँडा, बागमती युवा क्लब सर्लाही र आयोजक नव जनजागृति युवा क्लबले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप