आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संसदमा ढ्यापढ्यापे समयको नाम फेर्न संशोधन प्रस्ताव

बिहीबार, ०९ चैत २०७९, १४ : २२
बिहीबार, ०९ चैत २०७९

काठमाडौँ । माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रतिनिधिसभाको बैठकमा सांसदहरूले टेबल ढ्याप ढ्याप पारेर लिने समयको नाम फेर्न संशोधन प्रस्ताव दर्ता गरेका छन् । उनले सो व्यवस्थालाई संसद्को नियमावलीमै व्यवस्था गरेर ढ्यापढ्यापेको नाम फेर्न संशोधन हालेका हुन् ।

प्रतिनिधिसभाको प्रस्तावित नियमावली २०७९ को मस्यौदामा संशोधन पेस गर्दै सापकोटाले ढ्यापढ्यापे समयका रूपमा तजबिजमा प्रयोग हुँदै आएको समयलाई नियमावलीमै व्यवस्था गरेर आकस्मिक समयको रूपमा प्रयोगमा ल्याउन भनेका हुन् । 

त्यस्तै शून्य समय र विशेष समयअघिको सो समयलाई नियमावलीमा व्यवस्था गर्नुपर्ने भन्दै सापकोटाले संशोधन गर्न माग गरेका हुन् ।  उनले कार्य व्यवस्था परामर्श समितिको निर्णयका आधारमा मात्र सभामुखले बैठक सञ्चालन गर्न पाउने गरी संशोधन गर्न माग गरेका छन् ।

madhav

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप