मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

उद्घाटन खेलमा आयोजक विराटनगर विजयी

बिहीबार, ०९ चैत २०७९, २२ : ४१
बिहीबार, ०९ चैत २०७९

विराटनगर । विराटनगरमा आजदेखि सुरु भएको सातौँ संस्करणको विराट गोल्डकपको उद्घाटन खेलमा घरेलु टिम विराटनगर विजयी भएको छ । विभागीय नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै आयोजक विराटनगर सिटीले प्रतियोगितामा जित निकालेको हो । खेलको निर्धारित ९० मिनेटसम्म कुनै टिमले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा गएको थियो ।

खेलको १२१ औँ मिनेटमा विराटनगरका अशिष श्रेष्ठले निर्णायक गोल गर्दै टिमलाई जित दिलाएका हुन् । पुलिसले ३७ औँ मिनेटमा प्राप्त गरेको कर्नरलाई गोलमा परिणत गरेपनि रेफ्रीले त्यसलाई मान्यता दिएका थिएनन् । विराटनगरले अब फाइनल प्रवेशका लागि भोलि हुने त्रिभुवन आर्मी र जाउलाखेलबीचको विजेतासँग खेल्नुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप