मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

केनको कीर्तिमानमा इटालीमाथि इंग्ल्याण्डको जीत

शुक्रबार, १० चैत २०७९, ०६ : ३४
शुक्रबार, १० चैत २०७९

नेपल्स । ह्यारी केन राष्ट्रिय टोलीका लागि सर्वाधिक गोलकर्ता बन्दा १० खेलाडीमा सीमित इंग्ल्याण्डले युरो २०२४ को छनोटमा विजयी सुरुवात गरेको छ । इटालीमा इंग्ल्याण्डले सन् १९६१ पछि पहिलोपटक जीत हासिल गरेको छ ।

४४ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै केनले इतिहासमा आफ्नो नाम दर्ज गरे । उनले यसअघि वेन रुनीको नाममा रहेको ५४ गोलको कीर्तिमानलाई उछिनेका थिए । यसअघि डेक्लन राइसले खेलको सुरुवातमा नै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरेको इटालीका लागि माटेयो रेटेगुइले एक गोल फर्काए । खेलको ८० औँ मिनेटमा लुक शले दोस्रो पहेँलो कार्ड पाएपछि इंग्ल्याण्ड १० खेलाडीमा सीमित बनेको थियो । तर, इटालीले यसको फाइदा उठाउन सकेन । इंग्ल्याण्डले अब आइतबार वेम्ब्लेमा युक्रेनको सामना गर्नेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप