मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एसीसी प्रिमियर कपको तालिका सार्वजनिक

शुक्रबार, १० चैत २०७९, ०६ : ५६
शुक्रबार, १० चैत २०७९

काठमाडौँ । काठमाडौँमा आयोजना हुने एसीसी मेन्स् प्रिमियर कप २०२३ को तालिका सार्वजनिक भएको छ । क्यानले आगामी वैशाख ५ गतेदेखि हुने प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो । सबै खेलहरू बिहान साढे ९ बजेटबाट सुरु हुनेछन् ।

त्रिभुवन विश्वविद्यालय स्थित कीर्तिपुर मैदान तथा मूलपानी आयोजना हुने खेलहरूमा एसिया एसोसिएट राष्ट्रहरू एसिया कपमा स्थान बनाउनका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा नेपालसहित मलेसिया, हङकङ, सिंगापुर, यूएई, कुवेत, ओमान, कतार, बहराइन र साउदी अरबसहित १० टोली सहभागी हुनेछन् । 

१० टोलीलाई दुई समूहमा विभाजित गरी खेलहरू खेलाइनेछ । फाइनल खेल वैशाख १८ गते हुनेछ ।

acc table

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप