मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सिमरा रङ्गशालामा वीरगन्ज र बागमती भिड्दै

शुक्रबार, १० चैत २०७९, ०९ : १६
शुक्रबार, १० चैत २०७९

सिमरा । बाराको सिमरा रङ्गशालामा जारी जगदम्बा १३ औँ जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज वीरगन्ज युनाईटेड क्लब र बागमती यूवा क्लब सर्लाहीबीच खेल हुने भएको छ । 

आयोजक नवजनजागृति यूवा क्लबका अनुसार साँझ ६ बजेबाट खेल शुरु हुनेछ । फ्लड लाइटमा आयोजना हुने खेलका लागि बलियो पूर्वाधार तयार भएकाले रात्रि समयमा खेल आयोजना हुने गरेको क्लबका महासचिव शम्भुसिंह ठकुरीले जानकारी दिए । 

यसअघि बिहीबार भएको उद्घाटन खेलमा आयोजक क्लबलाई ३–१ गेल अन्तरले पराजित गर्दै केविए ग्लोबल भरतपुर फुटबल क्लब प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

जगदम्बा स्टिलको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप