आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राष्ट्रिय जनगणना

बागमती र मधेस प्रदेशको जनसङ्ख्या उस्तै, ६१ लाख हाराहारी

शुक्रबार, १० चैत २०७९, ११ : ४७
शुक्रबार, १० चैत २०७९

काठमाडौँ । बागमती र मधेस प्रदेशको जनसङ्ख्या उस्तै उस्तै रहेको तथ्याङ्क सार्वजनिक भएको छ । तथ्याङ्क विभागले शुक्रवार सार्वजनिक गरेको तथ्याङ्कमा थोरै मात्र फरक रहेको छ ।  विभागका अनुसार मधेस र बागमती प्रदेशमा २१ प्रतिशत (६१ लाख हाराहारी) जनसङ्ख्याको बसोबास रहेको छ । 

त्यस्तै सबैभन्दा कम बसोबास कर्णालीमा ६ प्रतिशत रहेको छ । त्यस्तै २५३ वटा नगरपालिकाको बसोबास बढेको छ । सहरी क्षेत्रको बसोबास झन्डै दुई तिहाइ पुगेको तथ्याङ्क सार्वजनिक भएको छ । विभागका अनुसार सहरी क्षेत्रमा मात्रै १ करोड ९२ लाखको बसोबास भएको तथ्याङ्क विभागको रेकर्ड छ । 

विगत १० वर्षमा सबैभन्दा बढी लुम्बिनी प्रदेशमा जनसङ्ख्या वृद्धि दरको परिवर्तन भएको छ । 

यो प्रदेशमा करिब १४ प्रतिशतले जनसङ्ख्या वृद्धि दर छ । त्यस्तै गण्डकी प्रदेशको सबैभन्दा कम वृद्धिदर छ । यहाँ २ दशमलव ६१ प्रतिशतको वृद्धिदर छ ।  उमेर समूहका आधारमा नेपालको जनसङ्ख्या १५ देखि १९ वर्षको उमेर समूहको धेरै रहेको छ ।  

केटाकेटीको सङ्ख्या घटेको छ । यो समूहको ३५ प्रतिशतबाट घटेर २७ प्रतिशत पुगेको छ । ६० वर्षमाथिका पहिला ८ प्रतिशत रहेकोमा अहिले १० प्रतिशतभन्दा बढी छ ।   बुढाबुढीको सङ्ख्या बढेको छ । तन्नेरीको सङ्ख्या घटेको छैन । भविष्यमा केटाकेटीको सङ्ख्या घट्दै जाने हो भने । आर्थिक क्रियाकलापमा असर पर्ने विज्ञहरूको भनाइ छ ।  अघिल्लो वर्ष १० देखि १४ वर्षको उमेर समूह थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप