सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

के क्षयरोग छातीबाहेक शरीरका अन्य अंगमा पनि लाग्छ ?

शुक्रबार, १० चैत २०७९, १३ : ५८
शुक्रबार, १० चैत २०७९

काठमाडौँ । क्षयरोग (टीबी) पुरानो रोग हो । क्षयरोग छातीमा मात्रै नभएर छाती बाहिरका शरीरका अन्य अङ्गहरूमा पनि लाग्छ । छातीबाहेकका अंगमा क्षयरोग लाग्दा पनि त्यस्तै खालका लक्षण देखिन्छन् । जस्तै, शरीरको कुनै अंगमा मासुको डल्लो आएमा त्यस डल्लोमा पनि क्षयरोग लाग्न सक्छ । हड्डीमा क्षयरोग लाग्दा ढाड दुख्ने,ढाड कुप्रो हुने, मिर्गौलामा क्षयरोग लाग्दा पिसाबबाट रगत बग्ने, पेटमा टिबी हुँदा दुब्लाउने,पातलो दिसा आउने, आदि समस्या देखिन्छ । यो रोग आँखा,आन्द्रा,पेट, प्रजनन, टाउको लगायतका अंगमा पनि लाग्न सक्छ ।

क्षयरोग एक सरुवा रोग हो । यो सामान्यतया क्षयरोग माइक्रोबेक्टेरियम ट्यूबरकुलोसिस नाम व्याक्टेरियाको सङ्क्रमणको कारण हुने रोग हो । कुनै पनि क्षयरोगीको सम्पर्कमा आउनाले यो राग सर्ने जोखिम हुन्छ र अस्वस्थ जीवनशैली तथा अस्वस्थकर खानपानका कारण पनि मानिसलाई क्षयरोगको सङ्क्रमण हुने खतरा बढ्छ ।

 यो रोग रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई चाडै सङ्क्रमण हुन्छ । क्षयरोग मात्रै नभएर सङ्क्रमणजन्य रोग रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई चाँडो सङ्क्रमण हुने चिकित्सकहरू बताउँछन् ।  राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा नविन प्रकाश शाहका अनुसार छातीमा क्षयरोगको सङ्क्रमण हुँदा विभिन्न खालका लक्षणहरू देखिने गर्छन् ।

–२ हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु

–लामो समयसम्म हल्का ज्वरो आउनु

–खकारमा रगत देखिनु

–राती धेरै पसिना आउनु

–मुख सक्नु

–खान मन नलाग्नु

–तौल कम हुँदै जानु  

–थकान र कमजोरी मह हुनु  

यस्ता लक्षणहरू देखिए नजिकैको स्वास्थ्य संस्थामा गई क्षयरोगको परीक्षण गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।

क्षयरोग भएको कसरी थाहा पाउने ?

–खकार जाँच

–छातीको एक्सरे

–रगत कल्चर गर्ने

यसको समयमा उपचार गरेमा ९५ प्रतिशत निको हुन्छ । सरकारी स्वास्थ्य संस्थाहरूमा क्षयरोगको निःशुल्क उपचार हुन्छ । क्षयरोगीले स्वास्थ्यकर्मीको सल्लाहमा नियमित रूपमा औषधि सेवन गर्नुपर्छ । यस्तै, औषधि सेवन गर्ने क्रममा साइडइफेक्ट देखिएमा स्वास्थ्य संस्था जानुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप