मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अफगानिस्तानसँग पाकिस्तान स्तब्ध

शनिबार, ११ चैत २०७९, ०८ : ३१
शनिबार, ११ चैत २०७९

शारजाह । अफगानिस्तानविरुद्धको टी–२० शृङ्खलाको पहिलो खेलमा पाकिस्तान ६ विकेटले पराजित भएको छ । टी–२० मा अफगानिस्तानविरुद्ध पाकिस्तान पराजित भएको पहिलोपटक हो ।

टस जितेर पहिले ब्याटिङ गर्दै पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९२ रनको झिनो स्कोर बनाएको थियो । पाकिस्तानलाई सस्तोमा रोक्न फजालहक फारुकी, मुजीब उर रहमान तथा मोहमद नाबीले २–२ विकेट लिए । पाकिस्तानका लागि इमाद वसिमले सर्वाधिक १८ रन बनाए भने सइम अयुबले १७ तथा तैयब ताहिरले १६ रनको योगदान दिए ।

पाकिस्तानले प्रस्तुत गरेको लक्ष्य अफगानिस्तानले १७.५ ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो । प्लेयर अफ द म्याच रहेका नाबीले ३८ बलमा ३८ रन बनाउँदै टोलीलाई जीतसम्म डोर्‍याए । नजिबुल्लाह जादरानले १७ रन बनाउँदै नाबीलाई साथ दिए । दोस्रो खेल आइतबार खेलिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप