सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

निर्वाचन अधिकृत सम्पर्कविहीन भएपछि नयाँ अधिकृत तोकेर मतदान गर्ने तयारी

शनिबार, ११ चैत २०७९, १० : ०१
शनिबार, ११ चैत २०७९

काठमाडौँ । नेपाल कमर्स क्याम्पस मीनभवनमा नयाँ मतदान अधिकृत तोकेर मतदान गरिने भएको छ। अहिलेका निर्वाचन अधिकृत सम्पर्कविहीन भएपछि नयाँ तोकेर मतदान सुरु गरिने भएको हो। 

यससँगै त्यहाँ साढे १० बजेदेखि मतदान हुने भएको छ। हालका निर्वाचन अधिकृत तुलसीराम रेग्मी सम्पर्कविहीन बनेका छन्। जसले गर्दा आज बिहान ८ बजेदेखि मतदान हुने भनिएकोमा अहिलेसम्म सुरु हुन सकेको छैन। 

अब निर्वाचन समितिका सदस्य सचिव लाल बहादुर बस्नेतलाई निर्वाचन अधिकृत तोकेर मतदान सुरु गर्ने तयारी भएको अनेरास्ववियुको तर्फबाट स्ववियु सभापतिका उम्मेदवार प्रविन गिरीले जानकारी दिए ।

हिजो सर्वपक्षीय छलफलबाट आज बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान गर्ने निर्णय गरिएको थियो। तर, मतदानका लागि विद्यार्थीहरू क्याम्पसमा पुगे पनि निर्वाचन अधिकृत नै सम्पर्कविहीन बनेपछि मतदान सुरु हुन नसकेको हो। 

नेविसंघले सर्वपक्षीय स्ववियुको माग गर्दै तालाबन्दी गरेपछि चैत ५ गते निर्वाचन हुन सकेको थिएन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप