सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चर्को आवाज सुन्ने बानी भए होसियार

आइतबार, १२ चैत २०७९, १२ : ०७
आइतबार, १२ चैत २०७९

काठमाडौँ । श्रवण शक्ति कम हुने समस्या कतिपयमा देखिने गर्छ । त्यसैले चर्को ध्वनिबाट हुने श्रवण क्षतिलाई रोक्नेतर्फ ध्यान दिनुपर्छ । कसैको श्रवण शक्ति भए पनि धेरै चर्को ध्वनि बनाएर सुन्ने बानी हुन्छ । जसले गर्दा श्रवण शक्तिमा कमी आउन सक्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार श्रवण शक्ति कम हुन  नदिने उपायहरू यस्ता छन्–                  

–चर्को ध्वनि भएको क्षेत्रमा काम गर्दा कपास इयर प्लगको प्रयोग गर्नुपर्छ  ।

–मोबाइल फोन धेरै र लामो समयसम्म प्रयोग गर्नु हुँदैन ।

–हेडफोनबाट गीत सुन्दा चर्को आवाजमा नसुन्नु हुँदैन ।

–जथाभाबी सवारी साधनको हर्न बजाउन हुँदैन ।

–ठुलो आवाज भएको ठाउँमा लामो समयसम्म बस्न हुँदैन ।

–नियमित व्यायाम गर्नुपर्छ ।

–क्लब,पार्टी प्यालेस,डान्स बारमा चर्को ध्वनिलाई व्यवस्थित गर्नुपर्छ ।

–आफ्नो श्रवण शक्तिमा कमी आएको महसुस भएमा समयमै परीक्षण तथा उपचार गराउनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप