श्रवण शक्ति कम हुन नदिने उपायहरू
आइतबार, १२ चैत २०७९, १२ : १०
काठमाडौँ । श्रवण शक्ति कम हुने समस्या धेरैमा देखिने साझा स्वास्थ्य समस्या हो । चर्को ध्वनि लामो समय सुन्ने बानी पनि श्रवण शक्तिमा क्षति पुर्याउने कारणहरू मध्ये एक हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले श्रवण शक्ति कम हुन नदिने उपायहरू सुझाएको छ । यस्ता छन् उपायहरू :
–चर्को ध्वनि भएको क्षेत्रमा काम गर्दा कपास इयर प्लग को प्रयोग गर्नुपर्छ ।
–मोबाइल फोन धेरै र लामो समयसम्म प्रयोग गर्नु हुँदैन ।
–हेडफोनबाट गीत सुन्दा चर्को आवाजमा नसुन्नु हुँदैन ।
–जथाभाबी सवारी साधनको हर्न बजाउन हुँदैन ।
–ठुलो आवाज भएको ठाउँमा लामो समयसम्म बस्न हुँदैन ।
–नियमित व्यायाम गर्नुपर्छ ।
–क्लब, पार्टी प्यालेस, डान्स बारमा चर्को ध्वनिलाई व्यवस्थित गर्नुपर्छ ।
–आफ्नो श्रवण शक्तिमा कमी आएको महसुस भएमा समयमै परीक्षण तथा उपचार गराउनुपर्छ ।