आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उत्तराखण्डमा चट्याङमा परेर  ३५० भेडा बाख्राको मृत्यु

आइतबार, १२ चैत २०७९, १४ : ४३
आइतबार, १२ चैत २०७९

उत्तराखण्डको उत्तर काशीमा शनिवार राति चट्याङमा परेर ३५० भन्दा बढी भेडा बाख्राको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भाटवाडी ब्लकको बारसु गाउँका तीन जना मानिस एक हजारभन्दा बढी भेडा बाख्रा लिएर ऋषि केशबाट उत्तर काशी जाँदै थिए ।

राति उनीहरू डण्डा तहसिलको खातुखाल नजिक पुगेका थिए । यस अवधिमा लगातार पानी परिरहेको थियो र ठुलो आँधी आएको थियो । राति करिब ९ बजे चट्याङ परेर ३५० भन्दा बढी भेडा बाख्राको मृत्यु भएको थियो ।

घटनाले गाउँले त्रसित 

एकैसाथ यति धेरै जनावर मरेकाले गाउँका जनता त्रसित भएका छन् । उनले घटनाबारे भाटवाडी ब्लककी प्रमुख विनीता रावतलाई जानकारी गराएका थिए । विनिता रावतले घटनाको बारेमा डीएम र जिल्ला प्रकोप व्यवस्थापन विभागलाई बताइन् । स्थानीय जग मोहन रावतले घटनाको पुष्टि गरेका छन् । चट्याङका कारण यति धेरै पशुपक्षी यसअघि कहिल्यै नमरेको उनले बताए ।

sheep1क्षतिको विवरण लिन टोली जानेछ

आइतबार प्रशासन र भेटेरिनरी विभागको टोली घटनास्थलमा पुग्ने डण्डाका तहसिलदार प्रतापसिंह चौहानले बताए । यसपछि मात्रै कूल क्षति र मृत्युको कारण थाहा हुनेछ । विपद् व्यवस्थापन विभागको टोलीले पनि घटनास्थलमा गएर जिल्ला प्रशासनलाई प्रतिवेदन बुझाउनेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप