विराट गोल्डकप : अन्तिम क्वार्टरफाइनल खेल संकटा र भारतको लुका सकर भिड्दै
आइतबार, १२ चैत २०७९, १९ : ३४
विराटनगर । सातौँ संस्करणको विराट गोल्डकपको अन्तिम क्वार्टरफाइनल* खेल सुरु भएको छ । विराटनगरस्थित सहिद मैदानमा आज ६ः४७ बजेबाट ‘ए’ डिभिजन क्लब संकटा र भारतको लुका सकरबीच खेल सुरु भएको हो ।
आजको अन्तिम क्वाटरफाइनल खेल सकिएपछि विराट गोल्डकपको क्वार्टरफाइनलको समीकरण पूरा हुनेछ । आज जित्ने टिम फाइनल प्रवेशका लागि चैत १४ गते साबिक विजेता एपीएफसँग खेल्नेछ भने घरेलु टिम विराटनगर सिटीले सोमबार जावलाखेल युथ क्लबको सामना गर्नेछ ।
चैत १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा स्वदेशी र विदेशीसहित ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता हुने टिमले २० लाख १५ हजार र उपविजेताले १० लाख १५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
*सच्याइएको