ओलीको ‘मेरो जेल अनुभव र नयाँ पुस्ता’ सार्वजनिक (भिडियोसहित)
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको युट्युब च्यानल ‘केपी बा’ मा उनको स्मरणसम्बन्धी दोस्रो भाग सार्वजनिक गरिएको छ । ‘मेरो जेल अनुभव र नयाँ पुस्ता’ शीर्षकको उक्त भिडियो २९ मिनेटको रहेको छ ।
अध्यक्ष ओलीको ७१ औं जन्मदिनको अवसरमा उक्त भिडियो च्यानल सुरु गरिएको थियो । पहिलो भागमा ‘ती तीन मृत्यु, जसले मलाई छोएर गए’ शीर्षकमा उनले मृत्युबाट संयोगवश बाँचेका घटनाहरु प्रस्तुत गरेका थिए । दोस्रो भागमा जेलभित्रको जेलका रुपमा मानिने गोलघर भित्रको आफ्नो जीवनबारे बताएका छन् ।
अध्यक्ष ओलीले निरंकुश व्यवस्थाविरुद्ध कठोर संघर्ष र यातनापूर्ण जेल जीवन लगायतका विषयमा नयाँ पुस्तासँग आफूलाई क्रमशः साक्षत्कार गर्ने उनको सचिवालयले जनाएको छ । विचार र वाक् स्वतन्त्रतामा बन्देज रहेको र दलहरुमाथि प्रतिबन्ध रहेको निरंकुश पञ्चायती व्यवस्थाको कालखण्डमा ओली १४ वर्षे जेल बसेका थिए । १४ वर्षको जेल जीवनमध्ये ४ वर्षसम्म ओलीलाई गोलघरमा राखिएको थियो ।