मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

५० हजार नगदसहित गण्डकी सरकारद्वारा ४ क्रिकेट खेलाडीलाई सम्मान

मङ्गलबार, १४ चैत २०७९, १८ : १०
मङ्गलबार, १४ चैत २०७९

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशका क्रिकेट खेलाडीलाई नगदसहित सम्मान गरेको छ । मंगलबार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले राष्ट्रिय टोलीमा रहेर क्रिकेटमा योगदान पु-याउने ४ खेलाडीलाई ५० हजार नगद र प्रमाणसहित सम्मान गरेको हो ।  राष्ट्रिय टोलीका करण केसी र अन्डर— १९ का तीन जना दीपक डुम्रे, सुवास भण्डारी, अर्जुन कुमाललाई पुरस्कृत गरेको हो । 

एक दिवसीय विश्वकपको ‘क्वालिफाइड’ पुग्न सफल राष्ट्रिय टोलीका केसी र अन्डर—१९ विश्वकपमा पु¥याउन सफल भए बापत डुम्रे, भण्डारी र कुमाललाई पुरस्कृत गरेको हो । सम्मान कार्यक्रममा मुख्यमन्त्री खगराज अधिकारीले खेलाडी राष्ट्रका गहना मात्र नभएर सम्पत्ति भएको बताए । ‘जसरी तपाईँहरूले —विल पावर— निकालेर खेल खेल्नु भयो र देशको नाम राखेर गरिमा बढाउनुभएको छ । तपाईँहरूको जीवनमा यो सम्मान कनिका जस्तो भए पनि यसले अझै सफलता प्राप्त गर्दै जानुहोस् मेरो शुभकामना,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप