सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

बराबरीसँगै नेपाल फाइनलमा, लाओससँग खेल्ने

मङ्गलबार, १४ चैत २०७९, २३ : १२
मङ्गलबार, १४ चैत २०७९

काठमाडौँ । काठमाडौँमा जारी प्रधानमन्त्री थ्रिनेसन्स कपमा नेपाल फाइनलमा प्रवेश गरेको छ । मंगलबार भुटानसँग १–१ को बराबरी खेल्दै नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । योसँग नेपालले भुटानविरुद्ध आफ्नो अपराजित रेकर्डलाई कायम राखेको छ ।

खेलमा पहिलो गोल भने भुटानले गरेको थियो । दशरथ रंगशालमा भएको खेलको १९ औँ मिनेटमा भुटानका तेञ्जिङ नोर्बुले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । भुटान जीततर्फ अघि बढिरहँदा दीपकराज सिंह ठकुरीले निर्धारित समयको अन्तिम मिनेटमा बराबरी गोल फर्काए । खेलमा आयुस घलान प्लेयर अफ द म्याच चुनिए ।

खेल बराबरीमा सकिएसँगै जीतविहीन बन्दै भुटान प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले अब फाइनलमा लाओसको सामना गर्नेछ । फाइनल खेल चैत १७ गते हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप