मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

साविक विजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

मङ्गलबार, १४ चैत २०७९, २१ : ५९
मङ्गलबार, १४ चैत २०७९

विराटनगर । पाहुना टोली भारतस्थित केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । 

विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२  गोलले हराउँदै भारत केरलाको लुका सकर उपाधि नजिक पुगेको हो । 

जितसँगै उपाधिको लागि भारतले घरेलु टिम विराटनगर सिटी (बिसिएफसी) सँग बिहीबार फाइनल खेल्नेछ । 

जितको लागि भारतको तर्फबाट चाल्र्स, रफि, अर्सद र पलले गोल गरी टिमलाई फाइनलमा पु¥याएका छन् । भारतका क्यामुद्धिनको प्रहार एपीएफका गोलरक्षक राजु नगरकोटेले सेभ गरेका थिए ।
 
एपीएफतको तर्फबाट बिसाल स्याङतेन र गोलकिपर राजु नगरकोटेले गोल गर्न चुक्दा डिफेन्डर च्याम्पियन एपीएफ सेमिफाइनबाट घर फर्किन बाध्यो भयो । बिसालको प्रहार भारतका गोलकिपरले उत्कृष्ट सेभ गरेका थिए भने गोलकिपर राजुको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।
एपिएफको तर्फबाट दिपेश धिमाल र सबिन गुरूङले मात्र गोल गरेका थिए । 

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट गोलरहित खेल बराबरी भएपछि जितको छिनोफानो टाईब्रेकरबाट भएको हो । 

एपीएफ र भारत दुवै टिमले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा निर्धारित समयसम्म दुवै टिमको गोलरहित खेल बराबरी भयो । 

पाएको गोल गर्ने सुन्दर अवसर खेर फाल्दा सातौं संस्करणको उपाधि होल्ड गर्ने सपना एपीएफको चकनाचुर भयो । 
 
७ औं मिनेटमा एपीएफका युवराज खड्काको कडा प्रहार पोसमा लागेर फर्कियो । त्यसलगैत बुद्धीमान राईको प्रहार पोस्टमाथिबाट बाहिरदा गोल गर्ने अवसर खेर गयो । १० औं मिनेटमा एपीएफका अरमान बेदमले पेनाल्टी एरियाबाट गरेको हेड बाहिरयो । १३ औँ मिनेटमा एपीएफका बुद्धीमानको कडा प्रहार भारतका गोलकिपर सेनफिरले उत्कृष्ट बचाए । 
१९ औं मिनेटमा युवराज खड्काको फ्रिकिक गोल गर्नबाट चुके । उनले गरेको प्रहार बाहिरिएको थियो । २८ औं मिनेटमा एपीएफका हरी कार्कीले निकालिदिएको लामो क्रस पासलाई अरमन्दले डिबक्स भित्र बल नियन्त्रण गर्न नसक्दा थप अग्रता लिन चुेक ।  ४० औं मिनेटमा भारतका एकमल सेनको प्रहार गोल हुनबाट चुक्यो । 

पहिलो हाफसम्म गोलरहित खेल बराबरी भयो । दोस्रो हाफबाट एपीएफले आक्रमक खेल पस्कियो । 
६० औं मिनेटमा एपीएफका पाउटोले मध्य भागबाट बललाई एक्लै बढाएको बल भारतका गोलरक्षक सेनफरको हातबाट ड्रप भएको बल युवराज खड्काले क्रस गर्न नसक्दा गोल गर्नबाट चुक्यो ।
६९ औ मिनेटमा भारतका छितिजले ३० यार्डदेखिको प्रहार पोसमाथिबाट बाहिरयो । ७३ औं मिनेटमा एपीएफका युवराजको पेनाल्टी एरियाबाट गरेको कडा प्रहार पोसमाथिबाट बारिदा गोल गर्ने अवसर खेर गयो । 
भारतका ७७ औं मिनेटमा पलको वान भर्सेस वानको प्रहार बाहिरदा गोल गर्ने अवसर खेर गयो । त्यसलगतै पलको डिबक्सभिबाट गरेको प्रहार एपीएफका गोलकिपर राजुले बिफल पारिदिए ।
अतिरक्ति समयको पाँचौ मिनेटमा सविन थापाले कडा प्रहार भारतका गोलरक्षक उत्कृष्ट बचाए । अतिरिक्त समयको १ सय ५ औं मिनेटमा भारतका फाजिलले डिबक्स भित्रबाट गरेको प्रहार गोलकिपर रन्जितको हातबाट रिबाउन्ड भएको बल पुनः फाजिलले गरेको प्रहार एपीएफका दिपन श्रेष्ठले गोल हुनबाट उत्कृष्ट बचाएका थिए । त्यसलगतै १०७ मिनेटमा चाल्सको कडा प्रहार पोस्टमाथिबाट बाहिरियो । म्यान अफ द म्याच भारतका महमद सरफिर घोषित भए । उनले नगद ११ हजार पाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप