अध्यक्ष यादवले भने–मन्त्रालयमा कुनै सहमति भएको छैन
बुधबार, १५ चैत २०७९, २० : ३८
काठमाडौँ । जसपा अध्यक्ष उपेन्द्र यादवले मन्त्रालयमा कुनै भागबण्डा नमिलेको दाबी गरेका छन् । बुधबार बसेको सक्ता गठबन्धनको बैठकमा सबैले आफ्नो दाबी प्रस्तुत गरेको तर भागबण्डा भने नमिलेको उनले बताएका हुन् ।
'मन्त्रालयमा हालसम्म कुनै सहमति भएको छैन । सबैले आफ्नो दाबी प्रस्तुत गरे,' उनले भने, 'कुन दलले कति वटा र कुन कुन मन्त्रालय पाउने निर्णय भोलि ८ बजे बस्ने बैठकले गर्नेछ ।'
यसअघि मन्त्रालयमा भागबण्डा मिलेको बताइएको थियो । तर उनले मन्त्रालयको संख्यामा सहमति भएको भन्ने सबै अन्दाजको भरमा आएको पनि उल्लेख गरेका छन् ।