आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवार फाइनल गर्दै

बिहीबार, १६ चैत २०७९, ११ : १०
बिहीबार, १६ चैत २०७९

काठमाडौँ । नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवार फाइनल गर्न लागेको छ।  बिहीबार पार्टी कार्यालय सानेपामा बस्ने बैठकले वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको फाइनल गर्न लागेको हो । 

कांग्रेसले तनुहँ १ र चितवन २ मा उम्मेदवारको टुंगो लगाउन लागेको हो । तनहुँमा केन्द्रीय सदस्य गोविन्द भट्टराई र चितवनमा जीत नारायण श्रेष्ठलाई उम्मेदवार बनाउने कांग्रेसको तयारी छ।  

उपनिर्वाचनका लागि चैत २० मा मनोनयन दर्ता गर्ने कार्यक्रम छ । कांग्रेसले बारा २ मा भने जसपालाई सघाउने संकेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप