सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपाल फर्कियो  यू–१७ महिला टोली

बिहीबार, १६ चैत २०७९, १५ : १०
बिहीबार, १६ चैत २०७९

काठमाडौँ । साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गतमा भाग लिन बङ्गलादेश पुगेको नेपाली टोली नेपाल फर्किएको छ । नेपाली टोलीलाई एन्फा प्रवक्ता सुरेश शाह तथा राष्ट्रिय महिला फुटबल टोलीकी म्यानेजर विन्दा देवानले विमानस्थलमा स्वागत गरेका थिए । बङ्गलादेशमा भएको प्रतियोगितमा साबिक विजेता नेपालको प्रदर्शन भने सन्तोषजनक रहेन ।

नेपाल चार खेलमा चार अङ्क जोड्दै नेपालले प्रतियोगिताको अन्त्य गर्‍यो । ४ खेलमा नेपालले एकमा जीत हासिल गर्‍यो भने एकमा बराबरी र दुईमा पराजय बेहोर्‍यो । पहिलो खेलमा नेपाल भारतसँग पराजित बन्यो भने दोस्रो खेलमा भुटानलाई पराजित गरेको थियो । तेस्रो खेलमा रुससँग हारेको नेपालले अन्तिम खेलमा बंगलादेशसँग बराबरी गर्‍यो ।   

प्रतियोगितमा आमन्त्रित टोली रुसले राउण्ड रोबिनको आधारमा खेलाइएको प्रतियोगिताको शीर्ष स्थानमा रहँदै उपाधि जितेको थियो । प्रतियोगितामा नेपालकी गोलकिपर सुजाता तामाङ उत्कृष्ट घोषित भइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप