मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

राशिद खान टी–२० बलरको वरीयताको शीर्ष स्थानमा

बिहीबार, १६ चैत २०७९, १५ : १९
बिहीबार, १६ चैत २०७९

काठमाडौँ । राशिद खान टी–२० क्रिकेटको बलरहरूको वरीयतामा शीर्ष स्थानमा उक्लिएका छन् । उनले श्रीलंकाका वानिन्दु हसरांगालाई पछि पार्दै शीर्ष स्थानमा कब्जा जमाएका हुन् । शारजाहमा अफगानिस्तानले पाकिस्तानविरुद्धको शृङ्खलामा ऐतिहासिक जित हासिल गरेको थियो । खानसँगै अफगानिस्तानका युवा बलर फजालहक फारुकी वरीयताको शीर्ष स्थानमा उक्लिएका छन् । उनले शृङ्खलामा ४.७५ को इकोनोमीमा ५ विकेट लिँदै वरीयतामा १२ स्थानमाथि उक्लन सफल भएका हुन् ।

खान यसअघि गत वर्षको नोभेम्बरसम्म वरीयताको शीर्ष स्थानमा रहेका थिए । उनी सन् २०१८ को फेब्रुअरीमा पहिलोपटक शीर्ष स्थानमा पुगेका थिए । चौथौँ स्थानमा अस्ट्रेलियाका जोस हेजलवुड छन् भने पाँचौँ स्थानमा इंग्ल्याण्डका आदिल रसिद रहेका छन् । त्यसपछि शीर्ष १० स्थानमा क्रमशः एडम जाम्पा (अस्ट्रेलिया), साम करान (इंग्ल्याण्ड), मुजिब उर रहमान (अफगानिस्तान), एनरिच नोर्टजे (दक्षिण अफ्रिका) र मिचेल स्यान्टनर (न्युजिल्याण्ड) छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप