आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एकको बदला तीन लिएर संसद छिर्ने सपना छ : रवि लामिछाने

बिहीबार, १६ चैत २०७९, २२ : ४५
बिहीबार, १६ चैत २०७९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एकको बदला तीन जना सांसद लिएर संसद छिर्ने सपना रहेको बताएका छन् ।  वैशाख १० गते ३ क्षेत्रमा उपनिर्वाचन हुन लागेको सन्दर्भमा लामिछानेले यस्तो बताएका हुन् । नागरिकता विवादमा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि लामिछानेले चितवन २ बाट निर्वाचित भएपनि पद गुमाएका थिए । 

सोही क्षेत्रमा हुन लागेको उपनिर्वाचनमा लामिछाने चुनाव लड्दैछन् । यस्तै तनहुँ १ र बारा २ मा रिक्त स्थानमा पनि वैशाख १० मै उपनिर्वाचन हुँदैछ । ती दुबै क्षेत्रमा पनि आफ्नो पार्टी विजयी भएको हेर्ने चाहना भएको उनको भनाइ छ । 

‘मेरा गोडामा काँडा बिझेका थिए।म ती काँडाहरु टिप्न निहुरिएको हुँ,झुकेको होइन।अब स्वर्णिम दिनहरु आउने छन् र यो देश हाम्रो  पुस्ताले हाँक्ने छ। एकको बदला तिन लिएर संसद छिर्ने सपना छ।’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् । सो पार्टीमा अर्थविद् स्वर्णीम वाग्ले प्रवेश गर्ने चर्चा छ । तनहुँ १ बाट चुनाव लड्नेगरी उनले बिहीबार कांग्रेस छाडेको घोषणा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप