आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जन्मिने बित्तिकै बुवाले अनाथालयमा छोडे : गर्भपतन र श्रीमान्‌को कुटपिटबाट पीडित मिना कुमारी डिटोलको बोतलमा रक्सी भरेर पिउँथिन्

शुक्रबार, १७ चैत २०७९, १४ : १७
शुक्रबार, १७ चैत २०७९

बलिउडकी ट्रेजडी क्विन भनिने मिना कुमारीले ३८ वर्षको उमेरमा यो दुनियाँलाई अलबिदा भनेको थिइन् । ३१ मार्चमा उनको पुण्यतिथी पर्छ । उनी बितेको ५१ वर्ष पुगिसकेको छ । नायिकाको हरेक कुरा निकै विशेष हुने गर्दथ्यो । रानीको झैँ जीवन बाँच्थिन्, ओछ्यानमा सधैँ गुलाबको फूल बिछ्याएर सुत्थिन् र इम्पाला कारमा घुम्थिन् । त्यति बेला यो कार कसैसँग पनि हुँदैनथ्यो । दिलीप कुमारजस्ता कलाकार पनि उनको अगाडि डराउँथे र मधुवालाजस्ता अभिनेत्री पनि उनका फ्यान थिए ।

यी सबैको बाबजुद ३८ वर्षको मिनाको जीवन पीडादायी रह्यो । बाल्यकालमा उनका बुबाले अनाथालय छोडेपछि श्रीमान् कमल अमरोहीको अत्याचारका कारण उनी रक्सीको लतमा परिन् । उनी कति दुःखी थिइन् भन्ने कुराको अनुमान यो कुराबाट लगाउन सकिन्छ कि फिल्ममा रुनका लागि उनले ग्लिसिरिनको प्रयोग गरिनन् । आँखाबाट खस्ने हरेक आँसु सक्कली हुने गर्दथ्यो ।

 कहिले मिनालाई श्रीमानको आदेशमा सहयोगीले थप्पड हाने, कहिले नराम्रो नजर भएका निर्देशकले बदला लिन नायकबाट ३१ पटक थप्पड हान्न लगाए ।

आज मिनाको पुण्यतिथीमा उनको  डरलाग्दो र हरेक मोडमा दुःख पाएको कहानीबारे जानकारी लिऔँ ।

 उनको जन्मले नै बुवालाई निराश बनायो, छोडिदिए अनाथालय

छोरा चाहने अली बक्शको घरमा सन् १९३३ अगस्ट १ मा छोरीको जन्म हुँदा उनी निकै रिसाए । पहिला नै एक छोरी थिइन् र गरिबी चरम अवस्थामा थियो । यस्तो गरिबी कि  अस्पताललाई शुल्क बुझाउनका लागि पनि पैसा थिएन । दुःखी र निराश अली बक्शले आफ्नी छोरीलाई अनाथालयमा छोडे । घर आएपछि श्रीमती इकबाल बेगमले सम्झाएपछि उनको मन पग्लियो । केही घण्टापछि छोरीलाई फिर्ता ल्याएर नाम महजबीन राखे ।

पढ्ने रहर थियो, गरिबीबाट निस्कनका लागि ४ वर्षको उमेरदेखि अभिनय गर्नुपर्‍यो

मिना कुमारी पढ्न चाहन्थिन्, तर गरिबीका कारण यस्तो हुन सकेन । जब थिएटर आर्टिस्ट अली बक्शलाई घर चलाउन गाह्रो भयो, तब उनले ४ वर्षीय मिनालाई सेटमा लैजान थाले । एक दिन निर्देशक विजय भट्टले उनलाई आफ्नो फिल्म लेदरफेस (१९३९) मा बाल कलाकारको रूपमा कास्ट गरे । पहिलो फिल्मका लागि उनले २५ रुपैयाँ पारिश्रमिक पाएकी थिइन् । त्यसयता चलचित्रमा काम गरेर मेहजबीन उर्फ मिनाले घरको जिम्मेवारी सम्हालिन् ।

meena kimari १३ वर्षको उमेरमा आमाको देहान्त, शोकमा हुँदा पनि गरिरहिन् काम

आधा दर्जन चलचित्रमा बाल कलाकारको रूपमा काम गरिसकेकी मिनालाई १३ वर्षको उमेरमा चलचित्र ‘बच्चों का खेल’ मा नायिकाको रूपमा कास्ट गरियो । फिल्म रिलिज भएको १८ महिना नबित्दै आमा इकबाल बेगमको निधनले मिनालाई स्तब्ध बनायो । मिना शोकमा थिइन्, तर घर चलाउन शोक गर्ने समय पनि पाउन सकिनन् । मिनाले सराय, पिया घर आजा, बिछडे बलमजस्ता फिल्मबाट खासै पहिचान पाउन सकिरहेकी थिइनन् ।

 सेटमा शोषण र निर्देशकले हाने ३१ थप्पड

मिना कुमारी ५० को दशकमा सबैभन्दा सफल र सुन्दर अभिनेत्री थिइन् । एक पटक उनले ठुलो हैसियत र प्रभाव भएका ठुला निर्देशकको फिल्ममा काम गर्ने अवसर पाइन् । सुटिङको एक दिन अगाडि ती निर्देशक मिना कुमारीको मेकअप रुम पुगे । त्यहाँ खाजाको लागि टेबुल पहिले नै सेट गरिएको थियो । ती निर्देशकले पहिले नै आफू मिनासँग एक्लै मेकअप रूपमा लन्च गर्ने बारे आफ्नो टिमलाई अवगत गराएका थिए । 

निर्देशकको फोहोरी नियत र दुर्व्यवहार

खाना खान सुरु गर्ने बित्तिकै उनले निर्देशकको टेबल मुनि मिना कुमारीको खुट्टामा आफ्नो खुट्टा राख्न थाले र उनको हात नजिक ल्याएर चुम्बन गर्न थाले । मिना कुमारीले उनको मनसाय बुझिन् र ठुलो स्वरले हल्ला गर्न थालिन् । बाहिर उभिरहेका मानिसहरू भित्र आए र सेटमा कोलाहल मच्चियो । मिना कुमारीले रिसाएर उक्त निर्देशकलाई पिट्न थालिन् । निर्देशक चुपचाप बसे र सबैलाई भन्न थाले कि यो एउटा दृश्यको रिहर्सल हो । जसलाई यसबारे थाहा भइसकेको थियो, उनीहरूलाई यसबारे कुरा नगर्न धम्की दिइयो र कसैले कुरा गरे, जागिर जाने चेतावनी पनि दिइयो ।

 तीन वटा गर्भपतन, थप्पड र बिग्रदोँ सम्बन्ध

मिना कुमारी र कमलको कुनै सन्तान थिएन । वास्तवमा, मिना कुमारी आमा बन्न चाहँदै थिन् । मिना पहिलो पटक गर्भवती हुँदा उनको गर्भपतन भएको थियो । यसपछि मिना थप दुई पटक गर्भवती भइन् तर दुवै पटक उनले आफ्नो पति कमललाई नभनी बच्चाको गर्भपतन गराइन् । कमलले यो कुरा थाहा पाउने बित्तिकै मिनालाई थप्पड हाने । मिना कुमारीका सौतेनी छोरा ताजदार अमरोहीले एक अन्तरवार्तामा ‘मिना विवाहपछि पनि फिल्मको शीर्ष अभिनेत्री बन्न चाहन्थिन्, त्यसैले उनले कहिल्यै सन्तान चाहेनन्, जबकि कमलको सोच बिल्कुलै फरक थियो’ भनेका थिए । 

कमाल अमरोहीसँग सम्बन्धविच्छेद, डिप्रेसन र नशाको लत

असाध्यै शङ्का गर्ने कमल अमरोहीले आफ्नो सहायक बकर अलीमार्फत् मिना कुमारीमाथि नजर राख्थे । एक दिन जब सहायक बकर अलीले गुलजार मिनाको मेकअप रुममा गएको देखे, उनले मिनालाई सबैको अगाडि थप्पड हाने । यस्तो अपमानपछि जब मिनाले श्रीमानलाई यसबारे भनिन्, कमलले उनको कुराको वास्तै गरेनन् । 

श्रीमानको घर छाडेर बहिनीसँग बस्न थालिन् 

सहायकको थप्पडले नराम्ररी टुटेकी मिना कुमारीले तुरुन्तै श्रीमान् कमलको घर छोडेर बहिनीसँग बस्न थालिन् । मिना कुमारी डिप्रेसनमा गइन्, उनलाई फिटिक्कै निद्रा लाग्दैनथ्यो । यसबारे डाक्टरसँग कुराकानी गर्दा डाक्टर तिमुर्जनाले उनलाई सुत्नुअघि दिनहुँ एक पेग ब्रान्डी पिउन सल्लाह दिए । त्यो एउटा पेग कहिले गिलासमा परिणत भयो कसैलाई थाहा भएन ।

कम उमेरमा घातक रोग र पाकिजा

मिना कुमारी लगातार मदिरा सेवन गर्दा बिरामी पर्न थालिन् । मिना कुमारीलाई सन् १९६८ मा लिभर सिरोसिस भएको पत्ता लाग्यो । मिना सन् १९६८ को जुन महिनामा उपचारका लागि लन्डन र स्विट्जरल्याण्ड गएकी थिइन् । सेप्टेम्बरमा एक महिना पछि, उनी निको भएर पक्कै फर्किन्, तर पूर्ण रूपमा निको भइनन् । मिनालाई उनीसँग धेरै समय बाँकी छैन भनिएको थियो । 

फर्किएपछि, मिनाले बान्द्राको कार्टर रोडमा रहेको ल्यान्डमार्क भवनको ११ औँ तलामा आफ्नो पहिलो अपार्टमेन्ट किनिन् । मिना कुमारीले पति कमलसँग वर्षौँअघि सन् १९५६ मा उनको सपनाको फिल्म पाकिजामा नायिका बन्ने वाचा गरेकी थिइन् । बिरामी र सम्बन्ध विच्छेदका बाबजुद मिनाले त्यो वाचा पूरा गरी पाकिजाको सुटिङ पूरा गरिन् । सुटिङका क्रममा धेरै पटक उनको स्वास्थ्य यति बिग्रियो कि उनलाई सेटबाटै अस्पताल लगियो । धेरै पटक मिनाको सट्टा बडी डबल सुटिङ पूरा गर्नुपरेको थियो ।

मिना कुमारीले डेटोलको बोतलमा रक्सी लुकाउने गर्दथिन्

रक्सीको लतका कारण मिनाको अवस्था बिग्रँदै गएको कमल अमरोहीलाई थाहा थियो, त्यसैले उनले मिनालाई धेरै सम्झाए । मिनाले रक्सी नपिउने वाचा गरिन् । एक दिन जब कमल अमरोही उनको घर पुगे, उनले बाथरुममा राखिएको डेटोलको बोतलमा रक्सीले भरिएको देखे । मिना हरेक दिन लुकेर रक्सी पिउँथिन् ।

अल्पायुमै मृत्यु, मृत्यु अघि नै तिरेकी थिइन् मुमताजको ऋण

मुमताजले मिना कुमारीको निर्देशनमा फिल्म गोमती के किनरेमा अभिनय गरेकी थिइन् । त्यति बेला उनको पारिश्रमिक ३ लाख भारु थियो तर मुमताजले पारिश्रमिक मागिनन् । अन्तिम दिनमा जब मिनालाई निकै बिरामी हुन थालिन्, उनले मुमताजलाई घरमा बोलाइन् । उनले आफ्नो अगाडि केही कागजहरू तयार पारिन् र मुमताजलाई सुम्पिइन् । कागज देखेर मुमताज छक्क परिन्, किनकि मिनाले उनको कार्टर रोड बङ्गला उनलाई नामसारी गरिन्  ।

पाकिजाको प्रिमियरमा मिना कमल अमरोहीको छेउमा बसेकी थिइन्

फिल्मको प्रिमियर ३ फेब्रुअरी १९७२ मा मुम्बईको मराठा मन्दिर थिएटरमा भयो । मिना कमल सँगै पुगिन् र उनी सँगैको कुर्सीमा बसिन् । फिल्म हरेपछि मिनाले भनिन्, ‘मैले मानेँ कि मेरा श्रीमान् एक माझिएका कलाकार हुन् ।’

मृत्युको तीन दिन अघि कोमामा थिइन्

मार्च २८ मा मिना कुमारीलाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनी कोमामा गएकी थिइन् । तीन दिनको उपचारपछि ३१ मार्च १९७२ मा उनको निधन भयो । मिना कुमारीको मृत्यु फिल्म पाकीजाका लागि फाइदाजनक साबित भयो र उनलाई अन्तिम पटक हेर्न दर्शकको भीड थियो । केहि समय पछि फिल्म ब्लकबस्टर घोषित भयो तर दुःखको कुरा मिनाले पाकिजाको सफलता देख्न पाइनन् ।

मिनालाई कमल अमरोहीको आदेशमा रहमताबाद कब्रस्तान गाडिएको थियो 

मिना कुमारीको अन्तिम फिल्म गोमती के किनारे थियो, जुन उनको मृत्युपछि रिलिज भएको थियो । सावनले मिनालाई यति धेरै आदर गर्थे कि फिल्ममा पनि उनलाई मिनाको रूपमा नभई मिना जीको रूपमा क्रेडिट दिइयो । अफसोस मिनाले यो फिल्म हेर्न सकिनन् । मिनाको मृत्युपछि सावन उनको चिहानको छेउमा बसेर धेरै घण्टा रोए । कमल अमरोहीको अन्तिम इच्छा अनुसार उनलाई ११ फेब्रुअरी १९९३ मा मिनाको चिहानको छेउमा गाडिएको थियो ।

नरगिसले भनिन्– तिमीलाई मृत्युको शुभकामना

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप