सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

साहसिक पर्यटनको गन्तव्य क्लिफले सुरु गर्‍यो ‘क्रेन स्वीङ’

शुक्रबार, १७ चैत २०७९, १४ : ५५
शुक्रबार, १७ चैत २०७९

काठमाडौँ । साहसिक पर्यटनको लोकप्रिय गन्तव्य द क्लिफले नयाँ साहसिक खेल ‘क्रेन स्वीङ’ सञ्चालनमा ल्याउने भएको छ । 

क्लिफले अबको एक साता भित्रमा क्रेन स्वीङ सुरु गर्ने तयारी गरिरहेको क्लिफका सञ्चालक राजु कार्कीले जानकारी दिए । 

उनका अनुसार अहिले स्वीङका लागि आवश्यक पूर्वाधार तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ । ‘अबको ५÷६ दिनमा यो खेल सञ्चालनमा ल्याउने सोच छ,’ सञ्चालक कार्कीले भने । 

उनका अनुसार स्वीङ जमिनको सतहबाट करिब २५० मिटरमाथि सञ्चालन हुनेछ । तर यसको डोरी भने १० मिटरको मात्रै हुने सञ्चालक कार्की बताउँछन् ।

‘क्लिफमा आएका पाहुनाहरूले फोटो खिच्ने तथा नयाँ अनुभव लिनका लागि यो उचित हुन्छ भन्ने हिसाबले सञ्चालनमा ल्याउन लागेका हौँ,’ उनले भने । 

उनका अनुसार एसियामा तथा नेपालमा यस्तो किसिमको स्वीङ पहिलो पटक सञ्चालनमा आएको हो । बालबालिका, महिलाहरूलाई पनि स्वीङ उपयुक्त हुने उनको भनाइ छ । स्वीङ खेल्नका लागि २५० रुपैयाँ शुल्क कायम गरिएको छ । 

द क्लिफ राजु कार्की नेतृत्वको टिमले पर्वतको कुष्मामा स्काई ग्लाइडिङ, बन्जी, स्काई साइक्लिङ, स्काई क्याफे लगायतका साहसिक गतिविधि सञ्चालन गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप