आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आन्तरिक राजस्व वृद्धिमा विशेष जोड हुन्छ : मन्त्री डा.महत

शुक्रबार, १७ चैत २०७९, १७ : २०
शुक्रबार, १७ चैत २०७९

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा.प्रकाशसरण महतले आन्तरिक राजस्व संकल एवम् विस्तारमा आफू केन्द्रित हुने बताएका छन् । शपथ ग्रहण लगत्तै कार्यभार सम्हाल्न मन्त्रालय पुगेका मन्त्री डा.महतले विद्यमान आर्थिक समस्याका बाबजुद मुलुकको उद्योग व्यवसाय, आर्थिक क्षेत्रको सहजीकरण गर्दै आन्तरिक राजस्व वृद्धिमा आफू केन्द्रित हुने बताए । 

मन्त्री डा.महतले भने, ‘आर्थिक दृष्टिकोणले हामी निकै कमजोर अवस्थामा छौँ । मुलुकको अर्थतन्त्र सुस्त छ । मुलुकलाई आर्थिक मन्दीमा जानबाट जोगाउनु छ । राजस्व संकलन हुन सकिरहेको छैन भने नियमित खर्च समेत धान्न मुस्किल परिरहेको अवस्था छ । यसलाई मध्यनजर गर्दै सरकार सर्वप्रथम राजस्व वृद्धिमा केन्द्रित हुनुपर्ने आवश्यकता छ’ उनले भने, ‘यसका लागि आन्तरिक राजस्वको विकास नै पहिलो प्राथमिकता हुनेछ ।’

यस्तै, पुँजीगत खर्च हुन नसकिरहेको बेला त्यसको अप्ठ्याराहरु चिर्दै सरकार अघि बढ्ने समेत मन्त्री डा.महतले स्पष्ट पारे । 

पछिल्लो आर्थिक दृश्य आन्तरिक तथा बाह्य प्रभावको उपज भएको भन्दै त्यसबाट अर्थतन्त्र बचाउन आफू केन्द्रित हुने उनले प्रतिबद्धता जाहेर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप