आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यस्ता छन् ‘मिस नेपालमा २०२३’का २४ प्रतिस्पर्धी

शुक्रबार, १७ चैत २०७९, २२ : ००
शुक्रबार, १७ चैत २०७९

काठमाडौँ । ‘मिस नेपाल–२०२३’ का अन्तिम २४ प्रतियोगी सार्वजनिक गरिएको छ । आयोजक हिडन ट्रेजरले शुक्रबार आयोजित स्यास सेरेमोनी प्रतिस्पर्धी सार्वजनिक गरेको हो । 

देशका सातै प्रदेशको प्रतिनिधित्व गर्दै २४ प्रतियोगी छानिएको हो । कार्यक्रममा उनीहरुलाई कन्टेस्टेन्ट नम्बर तथा स्यास प्रदान गरिएको थियो । आयोजक संस्थाका प्रमुख दीवाकरराज राजकर्णिकारले प्रतिस्पर्धी सुन्दरीहरुलाई उनीहरुको नाम अंकित स्यास पहिराइदिएका थिए ।

स्यास ग्रहण गर्दै सुन्दरीहरुले आफ्नो परिचय, रुचि तथा भविष्यको योजनाका बताएका थिए । उनीहरुमध्ये अधिकांशले समाजसेवा, वातावरण संरक्षण, उद्यमी, स्वास्थ्य सेवा आदि क्षेत्रमा योगदान पु¥याउने लक्ष्य रहेको बताए । 

यसपटकको प्रतिस्पर्धिमा पाइलट, दन्त चिकित्सक, व्यवसायी, विद्यार्थी, मोडल, भिडियो जक्की, फेसन डिजाइनर आदि क्षेत्रका युवतीहरुले भाग लिएका छन् । मिस नेपालको अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका प्रतिस्पर्धिहरुलाई कोरियोग्राफर रचना शर्मा गुरुङको नेतृत्वमा व्यक्तित्व विकासदेखि क्याटवाकसम्मको प्रशिक्षण दिइनेछ । मिस नेपालको ग्राण्ड फिनाले आगामी जेठ १३ गते ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुनेछ ।

यस्ता छन् २४ प्रतिस्पर्धी नाम 

राइना मजगैंया–कन्टेस्टेन्ट नम्बर १

स्मारिका कार्की–कन्टेस्टेन्ट नम्बर २

प्रज्ञा बज्राचार्य–कन्टेस्टेन्ट नम्बर ३

कविना श्रेष्ठ–कन्टेस्टेन्ट नम्बर ४

आयुषा महर्जन–कन्टेस्टेन्ट नम्बर ५

कीर्ति बर्तौला–कन्टेस्टेन्ट नम्बर ६

सुधा देवकोटा–कन्टेस्टेन्ट नम्बर ७

प्रसिद्धि शाह–कन्टेस्टेन्ट नम्बर ८

सृष्टि हाडा–कन्टेस्टेन्ट नम्बर ९

सदीक्षा थापा–कन्टेस्टेन्ट नम्बर १०

वर्षा गौतम–कन्टेस्टेन्ट नम्बर ११

उन्नति गुरुङ–कन्टेस्टेन्ट नम्बर १२

आयुष्मा बराल–कन्टेस्टेन्ट नम्बर १३

रजनी मिश्र–कन्टेस्टेन्ट नम्बर १४

होलिस्का कोइराला–कन्टेस्टेन्ट नम्बर १५

स्विन्जा सुनाम–कन्टेस्टेन्ट नम्बर १६

श्रीच्छा प्रधान–कन्टेस्टेन्ट नम्बर १७

गृष्मा अधिकारी–कन्टेस्टेन्ट नम्बर १८

अपेक्षा खतिवडा–कन्टेस्टेन्ट नम्बर १९

कीर्तिका बस्नेत–कन्टेस्टेन्ट नम्बर २०

ऐश्वर्य श्रेष्ठ–कन्टेस्टेन्ट नम्बर २१

छिरिङ डोल्मा पाख्रिन–कन्टेस्टेन्ट नम्बर २२

सुहानी खड्का क्षेत्री–कन्टेस्टेन्ट नम्बर २३

प्रीतिका खड्का–कन्टेस्टेन्ट नम्बर २४

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप