सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
कविता

अघाउन सकेन

शनिबार, १८ चैत २०७९, ०७ : ४०
शनिबार, १८ चैत २०७९

चाहे जति कसैले कहिल्यै पाउन सकेन
अनगिन्ती अनिदो रात निदाउन सकेन
चाहना पूरा भए संगै माग पनि बढ्दै गए
त्यसैले त मान्छे कहिल्यै अघाउन सकेन
दुःख पर्दा रोए, कराए, अनेक गरे सब हजुर 

सुखमा बेचैनीले दिल खोलेर रमाउन सकेन
छन त ऊ पनि निक्कै मान्य विद्वान थियो
अहंकारले शिक्षा कसैलाई सिकाउन सकेन
टाइ सुट लगाएर छोरालाई बोर्डिङ पठाए
तर आत्मज्ञानको अर्थ कसैले पढाउन सकेन
चाहे जति कसैले कहिल्यै पाउन सकेन
त्यसैले त मान्छे कहिल्यै अघाउन सकेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विशाल श्रेष्ठ
विशाल श्रेष्ठ
लेखकबाट थप