मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बामगठबन्धनको संयुक्त संसदीय दलको बैठकमा जे देखियो...(फोटोफिचर)

शनिबार, १९ फागुन २०७४, १६ : २३
शनिबार, १९ फागुन २०७४

काठमाडौं– मन्त्रिमण्डललाई पूर्णता दिने प्रक्रियामा रहेको दुई बाम गठबन्धन एमाले र माओवादी केन्द्रका सांसदको संयुक्त बैठक बस्यो ।

काठमाडौंको नयाँ बानेश्वरमा शनिवार बिहान ११ बजे बैठक बसेको थियो ।

नयाँ सांसदलाई संसदीय अभ्यास, बिधी र प्रक्रियाबारे प्रशिक्षण दिन गरिएको बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता एवं  सुवास नेम्वाङले प्रशिक्षण दिए  ।

 प्रशिक्षण कार्यक्रममा सहभागी हुन बिहान १० बजे देखि नै सांसद आउनेक्रम जारी थियो ।

गेटमा प्रहरीको कडा ‘चेकिङ’

संसद भवनको गेटमा तैनाथ प्रहरीले माथिको आदेश भन्दै संसद प्रवेशको परिचय पत्र भएका संचारकर्मीलाई भित्र प्रवेश गर्न समेत अवरोध गरे । संसद सचिवालयले नयाँ पास बनाउन थालेकोले म्याद भएपनि पहिलेको परिचय पत्रलाई मान्यता नदिने भन्दै झन्डै आधा घण्टा अवरोध गरे ।

पछि ‘आजलाई भयो’ भन्दै भित्र प्रवेश गर्न दिए ।

यसबारे संसद सचिवालयका प्रवक्ता भरतराज गौतमलाई प्रश्न गर्दा त्यस्तो आदेश नदिएको बताए ।

जब नवराज सिलवाल संसद भवन पुगे

प्रहरीले खोजीको सूचिमा रहेका पूर्व डीआइजी एवं ललितपुर क्षेत्र नं. १ का सांसद नवराज सिलवाल बिहान १० बजेर ५५ मिनेटमा संसद भवनको प्रशिक्षण कक्षमा पुगेका थिए ।

प्रहरीले प्रक्राउ पुर्जी जारी गरेपनि उनलाई गेटमा खटिएका सुरक्षार्मीले ‘स्यालुट’ हानेर भित्र पठाए ।

प्रशिक्षणकक्षमा तेश्रो लहरमा बसेका सिलवालमाथि विभिन्न संचार माध्यमको ध्यान केन्द्रीत भयो ।

झन्डै २ घण्टाको प्रशिक्षण पछि चिया पान कार्यक्रम राखिएको थियो ।

कार्यक्रमको शुरुमा संविधान सभा अध्यक्ष सुवास नेम्वाङले सांसदहरुलाई संसदीय प्रक्रिया र बिधीका बारेमा प्रशिक्षण दिए ।

त्यसपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अन्त्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो धारणा राखेका थिए ।

प्रशिक्षण कार्यक्रममा एमाले र माओवादीका प्रतिनिधीसभा र प्रदेशसभाका २ सय १४ सांसद सहभागी थिए ।

कार्यक्रमको अन्त्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले चियापानमा सहभागी हुन सबैलाई आग्रह गरे ।

चियापानमा सांसद सिलवालसँग फोटो सेसन

बैठक कक्ष बाहिर सेतो, कालो र ग्रीन टि को ब्यवस्था गरिएको थियो ।

चियापान समारोहमा सबैको ध्यान प्रहरीले खोजिरहेको भनिएका पूर्व डीआइजी एवं सांसद नवराज सिलवालमाथि थियो ।

उनले ग्रीन टि समाते ।

एमालेका केही सांसदहरुले उनीसँग फोटो सेसन गरे ।

माओवादी केन्द्रका नेता एवं पूर्व गृहमन्त्री जनार्दन शर्माले केहीबेर कुरा गरे ।  

फर्किने बेला गेटमा रहेका सुरक्षार्मीले उनलाई ‘स्यालुट’ हानेर बिदाई गरे ।

अदालतले किन इन्टरभेन गर्न खोज्यो : प्रधानमन्त्री ओली

संयुक्त संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले सरकारले काममा हस्तक्षेप गरेको बताए ।

सरकारले नियुक्त गरेका राष्ट्रिय सभाका सदस्यलाई रोक्ने काम लोकतान्त्रिक नभएको उनको भनाई थियो ।

उनले भने–‘सरकारले सिफारिस ग¥यो, राष्ट्रपतिले प्रमाणिकरण गर्नुभयो, अदालतले हालका लागि भनेर रोक्यो । यसमा अदालतले किन इन्टरभेन गर्नुपर्यो ?’

उनले लोकतान्त्रमा कार्यपालिकाले आफ्नो काम निर्वाध रुपमा र स्वतन्त्र ढंगले काम गर्न पाँउने बताँउदै गरिमालय न्यायालय पनि लोकतान्त्रिक हुनुपर्ने बताए । 

उनले पार्टी एकीकरणको प्रक्रिया शूरु भइसकेकाले अब छिट्टै त्यसले पूर्णता पाँउने बताए ।   

महेन्द्रराय यादवलाई ब्यङ्ग्य : आफ्नो मात्र नागकिरता ठिक

प्रशिक्षण कार्यक्रमको सुरुवातमा देशको अवस्थाको बारेमा बोल्दै प्रधानमन्त्री ओलीले भोली आफूभन्दा कान्छो उमेरको ब्यक्तिसँग जेष्ठ नागरिक भनेर सपथ लिने दिन आएको बताए ।

उनले नागरिकतामा जन्ममितिको बिषय अदालतदेखि, सडक हुँदै संसदसम्म आइपुगेको बताए ।

नागकिरतामा न्यायाधिसको जन्ममिती, डाक्टरको जन्ममिति हुँदै सांसदको समेत जन्ममिती फरक देखिएको कुराले देशको अवस्थालाई चित्रित गरेको उनले बताए । उनले भने–‘भोली सपथ खुवाउने मान्छेलाई अस्तिसम्म भाइ भन्दै थिँए, अहिले दाई भएर आए, हेर्दाहेर्दे आफुलाई सपथ गराउने भए । कहाँ छ नेपाल ? कुन कागज हेर्ने ? यसले देशको एउटा झलक देखाँउछ ।’

एउटै थालमा खाइसक्यौँ : प्रचण्ड

सांसदहरुलाई प्रशिक्षण दिने क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको क्रम अन्तिम चरणमा पुगेको बताए ।

उनले एमाले र माओवादी केन्द्रले एउटै थालमा खाइसकेको र एउटै खाटमा सुतेको चर्चा गर्दै अबको दुई महिनाभित्र पार्टी एक भइसक्ने बताए ।

उनले दुई पार्टीका नेतहरु र कार्यकर्ताले जनताका लागि एक हुने कसम खाइसकेको बताँउदै जनताले गरेको भरोसा अनुसार काम गर्न सक्नुपर्ने बताए ।

उनले बाम गठबन्धन नयाँ समाज बनाउने बैज्ञानिक भएको बताँउदै दुई दल मिल्दा देश एक सय बर्ष अmगाडि पुग्ने तर्क गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप