सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

शनिबार, १८ चैत २०७९, १५ : २५
शनिबार, १८ चैत २०७९

तनहुँ । तनहुँको भानु नगरपालिका वडा नं. २ भकुन्थोकस्थित डुम्रे बेशिसहर सडक खण्ड जोड्ने भित्री सडक खण्डमा शनिबार ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । भकुन्थोकबाट बेशिसहर तर्फ मल लोड गरी जाँदै गरेको बा ०३-००१ त २२६ न.को ट्याक्टरको इन्जिन र ट्रली जोइने भाग भाँचेर दुर्घटना हुँदा ट्याक्टरमा सवार जिल्ला तनहुँ भानु नगरपालिका वडा नं. २ बस्ने ४० वर्षीय ईश्वर अधिकारी, १७ वर्षीय को समीर अधिकारी र ३९ वर्षीय दीपक नेपाली सख्त घाइते भएका थिए ।

घाइतेहरू मध्ये अधिकारीको उपचारको क्रममा बिहान पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको थियो । अन्य घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।  उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप