आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आईपीएलमा लखनउको सानदार विजयी सुरुवात

आइतबार, १९ चैत २०७९, ०७ : ३६
आइतबार, १९ चैत २०७९

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । शनिबार भएको खेलमा दिल्ली क्यापिटल्सलाई ५० रनले हराउँदै लखनउ सुपर जायन्ट्सले सानदार विजयी सुरुवात गरेको हो ।

जितका लागि १ सय ९४ रनको लक्ष्य पछ्याएको दिल्लीले नौ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो । लखनउका तीव्र गतिका बलर मार्क वुडले पाँच विकेट लिएपछि दिल्ली १४३ मै समेटियो । दिल्लीका कप्तान डेविड वार्नरले बनाएको ५६ रन बनाएपनि जिका लागि प्राप्त हुन सकेन । 

दिल्लीलाई ओपनर पृथ्वी शा १२ रनमा बोल्ड हुँदा मिचेल मार्श शुन्य रनमा आउट भए । यस्तै शरफराज खान ४, राइली रोसोउ ३० र अक्षर पटेल  १६ रनमा आउट भए । लखनऊको जितमा मार्क वुडले ४ ओभरमा १४ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । वुड आइपिएल २०२३ मा पाँच विकेट लिने पहिलो खेलाडी हुन् । रवि विश्रोईले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । आवेश खानले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली लखनऊले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९३ रन बनाएको थियो । लखनऊले आफ्नो दोस्रो खेल सोमबार चेन्नई सुपर किंग्ससँग खेल्नेछ भने  दिल्लीले मंगलबार गुजरात टाइटन्ससँग खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप