सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

तरेली साहित्य प्रतिष्ठानको चौथो साधारण सभा सम्पन्न

आइतबार, १९ चैत २०७९, ०९ : १३
आइतबार, १९ चैत २०७९

काठमाडाैँ । बागमती पूर्वको साहित्य संस्थाको रूपमा परिचित तरेली साहित्य प्रतिष्ठानको चौथो साधारण सभा शंखरापुर नगरपालिका स्थित द हाकुज रेस्टुरेन्टमा एक समारोहका बीच सम्पन्न भएको छ ।  

उक्त कार्यक्रमको उद्घाटनको क्रममा तरेली साहित्य प्रतिष्ठानका अध्यक्ष रामेश्वर श्रेष्ठ शैलेन्द्रले साहित्य, कला र संस्कृति संरक्षण र संवर्द्धनमा तरेली साहित्य प्रतिष्ठानको पाइला सधैँ अगाडि बढाउने बताएका थिए ।  उक्त अवसरमा प्रतिष्ठानका सचिव कान्छा प्रसाद तिवारी र कोषाध्यक्ष इच्छाराम थापाले प्रतिष्ठानको प्रगति विवरण तथा लेखा प्रतिवेदन पेस गरेका थिए ।  

उक्त साधारण सभाबाट आगामी कार्यकालका लागि अध्यक्षमा रोश्वर श्रेष्ठ अध्यक्ष, रविकुमार सिल्वाल उपाध्यक्ष, सचिव कान्छाप्रसाद तिवारी, कोषाध्यक्ष इचटाराम थापा धड्कन, सदस्य वालचन्द्र श्रेष्ठ प्रवाह, महेशकुमार वाग्ले, न्हुंछे नारायण श्रेष्ठ, शम्भुप्रसाद दुलाल, मैना विष्ट, मेनुका तिवारी र भरतमणि ढुङ्गाना सर्वसम्मतिले चयन भएका छन् । भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा विद्यालय स्तरका विद्यार्थी लगायत काठमाण्डौं पूर्वी क्षेत्रमा नियमित रूपमा साहित्य क्षेत्रमा लागेका साहित्यिक प्रतिभाहरूलाई महिनाको दोस्रो शनिबार प्रतिष्ठानले नियमित साहित्य कार्यक्रम गर्दै आइरहेको छ ।         

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप