आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चलचित्र बहावको टिकट किन्दा निःशुल्क थाइल्यान्डको प्याकेज

आइतबार, १९ चैत २०७९, १० : १३
आइतबार, १९ चैत २०७९

काठमाडौँ । अभिनेत्री सुरक्षा पन्त अभिनीत चलचित्र ‘बहाव’को प्रदर्शन मिति नजिकिँदै गर्दा यस फिल्मका निर्माण टोली प्रचार प्रसारका लागि दौडधुपमा छन् । 

चलचित्र चलाउन आज भोलि विभिन्न पुरस्कारहरू दिएर प्रचार गर्ने चलन बढ्दो छ । यस्तै बहाव सिनेमा निर्माण पक्षले पनि बहाव फिल्मको टिकटमा थाइल्यान्डको प्याकेज टुरको पुरस्कार राखेका छन् । केही दिन अगाडि चलचित्र ‘बहाव’ को एआई प्रविधिबाट पोस्टर निर्माण गरेर सार्वजनिक पनि गरिएको थियो  ।

पुरस्कार जित्न योग्य हुनका निम्ति बहाव चलचित्रको टिकट खल्ती एप मार्फत काट्नुपर्ने छ । खल्ती एप प्रयोगकर्ता को एकाउन्ट के वाइ सी प्रमाणित भएको हुनुपर्ने छ । नेपालभरिबाट २५ भन्दा बढी हलको टिकट खल्ती एप मार्फत काट्न सकिने छ । खल्ती एपबाट सिनेमाको टिकट काटेर सिनेमा हेर्ने एक जना भाग्यशाली व्यक्तिले एम डी होलिडेजको तर्फबाट एक जोडीलाई थाइल्यान्डको टुर प्याकेज जित्ने मौका पाउनेछन् ।

साथै खल्ती एपबाट टिकेट काट्दा  दश प्रतिशतसम्म पैसा फिर्ता समेत प्राप्त गर्न सक्ने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप