गोकर्णेश्वरबाट १२ जना जुवाडे पक्राउ
आइतबार, १९ चैत २०७९, १२ : २८
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ स्थित नयाँ बस्तीबाट प्रहरीले १२ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । नयाँ बस्तीको पहेँलो पुल नजिकै ४० बर्सिया सन्चिमाया बाइवाको टिनको टहराबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले शनिवार राति उनीहरूलाई पक्राउ गरेको हो । जुवा खालबाट ५९ हजार ८५ रुपैयाँ नगद र १६ थान कौडा बरामद गरिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।