भारतमा १८४ दिनपछि कोरोनाको सबैभन्दा धेरै सङ्क्रमित भेटिए
आइतबार, १९ चैत २०७९, १२ : ३२
भारतमा शनिवार कोरोनाभाइरसका कुल ३ हजार ८२४ नयाँ सङ्क्रमित भेटिएका छन् । यो पछिल्लो १८४ दिनपछिको सबैभन्दा धेरै हो ।
यस्तै, राजधानी दिल्लीमा पनि सात महिनापछि एक दिनमा सबैभन्दा बढी ४१६ नयाँ सङ्क्रमित भेटिएका छन् ।
दिल्लीमा सङ्क्रमण दर पनि बढेर १४.३७ प्रतिशत पुगेको छ ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयको तर्फबाट जारी आँकडाका अनुसार हाल भारतमा१८ हजार ३८९ सक्रिय सङ्क्रमित छन् । यस्तै, कोरोनाबाट निको हुनेको दर ९८.७७ प्रतिशत छ ।