सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘मेरो भ्वाइस यूनिभर्स’ मा दीप श्रेष्ठको इन्ट्री

आइतबार, १९ चैत २०७९, १२ : ३६
आइतबार, १९ चैत २०७९

काठमाडौंँ । ‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिका’ ले आयोजना गर्न लागेको विश्वकै सबैभन्दा ठूलो धनराशी रहेको दुई रियालिटी शो मध्ये ‘मेरो भ्वाइस यूनिभर्स’ को  निर्णायकमा वरिष्ठ गायक दीप श्रेष्ठ भित्रिएका छन् । इन्ट्राले विश्वभर छरिएर रहेका प्रतिभाहरुलाई समावेश गर्दै ‘मेरो भ्वाइस र मेरो डान्स यूनिभर्स’ को अडिसन गरिरहेको छ । यी दुबै रियालिटी शोको विजेताले १–१ करोड पुरस्कार राशी प्राप्त गर्नेछन् ।

काठमाडौंको टोखास्थित स्टूडियोमा ‘मेरो भ्वाइस यूनिभर्स’ को साइटलेस अडिसन समेत सुरु भएको छ । शोमा दीप श्रेष्ठसँगै पुष्पन प्रधान, शिव परियार, संगीतकार सुरेश अधिकारी, गायिकाद्धय अन्जु पन्त र सुजता बर्मा निर्णायकको रुपमा छन् । शो को होस्ट कलाकार सन्दीप क्षेत्री र रीमा विश्वकर्माले मिलेर गर्नेछन् । ‘मेरो भ्वाइस र मेरो डान्स यूनिभर्स’ लाई चाँडै नै सभ्य र भव्य रुपमा नेपाल टेलिभिजन र एनटीभी प्लसबाट प्रशारण गर्ने शो मा अध्यक्ष डिल्ली अधिकारीले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप