आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चोटग्रस्त विलियमसन आईपीएलबाट बाहिर

आइतबार, १९ चैत २०७९, १६ : १४
आइतबार, १९ चैत २०७९

अहमदाबाद । गुजरात टाइटन्सका ब्याट्सम्यान केन विलियमसन आईपीएल २०२३ का बाँकी खेलबाट बाहिरिएका छन् । चेन्नई सुपर किंग्सविरुद्धको पहिलो खेलमै घुँडामा चोट लागेपछि विलियमसन प्रतियोगिताबाट बाहिरिन बाध्य बनेका हुन् । विलियमसन आगामी हप्ता घर फर्किने र उपचार प्रक्रिया सुरु गर्ने जानकारी दिइएको छ । गुजरातका डाइरेक्टर अफ क्रिकेट विक्रम सोलांकीले प्रतियोगिताको सुरुवातमा नै विलियमसनलाई गुमाउनु दुःखको कुरा भएको बताए । उनले विलियमसनको शीर्ष स्वास्थ्य लाभको कामनासमेत गरे । 

टाइटन्सका लागि डेब्यु गरिरहेका विलियमसनले खेलको १३ औँ ओभरमा रुतुराज गाइकवाडको प्रहारलाई रोक्ने प्रयास गर्दा अप्ठ्यारो तरिकाले खुट्टा टेक्न पुगेका थिए । उनले दुई रन बचाउन सफल भए पनि चोटग्रस्त बन्न पुगे । उनलाई तत्कालै उपचार गरिएपनि मैदानमा फर्कन सकेनन् । उनको स्थानमा साई सुदर्शनलाई मैदानमा ल्याइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप