आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

गोविन्दराज जोशीद्वारा कांग्रेसको कारबाही फुकुवा अस्वीकार

आइतबार, १९ चैत २०७९, १६ : ३६
आइतबार, १९ चैत २०७९

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले पार्टीको कारबाही फुकुवा अस्वीकार गरेका छन् ।  कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले जोशी लगायतको कारबाही फुकुवाको निर्णयपछि एक विज्ञप्ति जारी गर्दै उनले त्यसको खण्डन गरेका हुन् । 

‘१० औँ हजार कार्यकर्ताको मतलाई बेवास्ता गर्दै चुनावको मुखमा मलाई नेपाली कांग्रेसबाट कारवाही फुकुवा गरिएको भन्ने जुन भ्रम छर्ने काम गरियो, यो सरासर गलत हो । यसप्रति मेरो घोर आपत्ति छ,’ उनले भने । यसअघि समस्या समाधानका लागि पटक पटक वार्ता टोली गठन गरी वार्ताको प्रयास गर्दा पनि पार्टीले बेवास्ता गरेको उनको गुनासो छ ।

‘सम्पूर्ण प्रयासका बाबजुद पनि वार्ताको वातावरण समेत नबनाउने, पार्टीमा सैद्धान्तिक विचलन ल्याउनेहरूबाट यसरी जनतालाई दिग्भ्रमित गर्ने गरिएको निर्णयको जति आलोचना गर्दा पनि कम हुन्छ,’ जोशीको पत्रमा उल्लेख छ ।

कांग्रेसले आफू र आफूसँग सम्बन्धित मान्छेसँग कुनै सल्लाह नगरी एकलौटी रूपमा गरेको निर्णयलाई मान्न तयार नरहेको उनको भनाइ छ ।  उनले भने, ‘चुनावको मुखमा मञ्चन गरिएको चुनावी रणनीतिबाट दिग्भ्रमित नहुन तथा यस्तो अफवाहबाट विचलित नहुन म मेरा सम्पूर्ण जनतालाई आग्रह गर्दछु। म र नेपाली कांग्रेस पार्टीलाई नै सक्काउने उद्देश्यले गरिएको उक्त निर्णयको खण्डन गर्दै सोका प्रति गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’

वर्षौँदेखि कांग्रेसको राजनीतिमा लागेर पार्टीको लागि आफ्नो सम्पूर्ण जिवन अर्पण गरेको सजाय आफू र परिवारले वर्षौँदेखि भोग्दै आएको उनको गुनासो छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप