कर्णाली प्रदेशसभामा प्रदेश प्रशिक्षण र खेलकुद विकास परिषद विद्येयक टेबुल
आइतबार, १९ चैत २०७९, १७ : ०३
सुर्खेत । कर्णाली प्रदेश सभामा दुईवटा विद्येयक टेबुल भएका छन् । आइतबारको दशौं बैठकमा प्रदेश प्रशिक्षण (स्थापना र सञ्चालन) सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक र कर्णाली प्रदेश खेलकुद विकास ऐन, ०७६ लाई संशोधन गर्न बनेको विद्येयक टेबुल गरिएको हो ।
प्रशिक्षण विद्येयक कानुन मन्त्री कृष्णबहादुर जिसी र खेलकुद विकास विद्येयक सामाजिक विकास मन्त्री टेकराज पछाईले पेस गरेका थिए । यी दुवै विद्येयकहरु यसभन्दा अघिनै सचिवालयमा दर्ता भएका थिए ।