मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कोरोना अपडेट : एकैदिन ३८ जना सङ्क्रमित थपिए

आइतबार, १९ चैत २०७९, १७ : ०७
आइतबार, १९ चैत २०७९

काठमाडौँ । देशभर थप ३८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ७०१ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३७ तथा एन्टिजेन विधिबाट १ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा १४ जना सङ्क्रमणमुक्त बनेका छन् । योसँगै देशभर पीसीआर विधिबाट पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या १९४ पुगेको छ । पछिल्लो २४ घण्टामा १८ हजार ५९२ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप