सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

झापामा लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

आइतबार, १९ चैत २०७९, २१ : ४२
आइतबार, १९ चैत २०७९

झापा । झापामा लागुऔषध मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका ४ का पुष्प चेम्जोङलाई पक्राउ गरेको हो ।

पक्राउ परेलगत्तै फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा झापामा उपस्थित गराइएका उनलाई अदालतको आदेशमा कैद भुक्तानका लागि कारगार पठाइएको प्रहरीले जानकारी दिएको छ । चेम्जोङमाथि जिल्ला अदालतले २०७७ साल माघ ५ गते ६ महिना कैद र २ हजार जरिवानाको फैसला सुनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप