सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जबरजस्ती करणीका आरोपित नौ वर्षपछि कारागार चलान

सोमबार, २० चैत २०७९, ०७ : ३१
सोमबार, २० चैत २०७९

सप्तरी । जबरजस्ती करणीको आरोप लागेर फरार रहेका एक जनालाई प्रहरी ९ वर्षमा पक्राउ गरी प्रहरीले आइतबार कारागार चलान गरेको छ । 

जबरजस्ती करणी मुद्दामा ६ वर्ष कैद फैसला भएको साबिक सप्तरी मलेठ गाविस-७ हाल राजविराज नगरपालिका-९ बस्ने अकवर मिया ४२ वर्षीय छोरा जावुल मियालाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता नरेश कुमार सिंहले बताए । सोही ठाउँका कौसिला कुमारी रामले दिएको जाहेरीको आधारमा सप्तरी जिल्ला अदालतले २०७० चैत २० गते दिन मियालाई ६ वर्ष कैद हुने गरी फैसला गरेपछि उनी फरार रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप