सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एलपी ग्याँस बोकेको भारतीय ट्याङ्कर पल्टिदा एकको मृत्यु

सोमबार, २० चैत २०७९, ०९ : ५१
सोमबार, २० चैत २०७९

चितवन । एलपी ग्यास बोकेको भारतीय ट्याङ्कर पल्टिँदा एक जनाको मृत्यु भएको छ। चितवनको मुग्लिनबाट काठमाडौँतर्फ गइरहेको युपी ७० डिटी ६०५५ नम्बरको भारतीय ट्याङ्कर अनियन्त्रित भई सडक छेउमा पल्टिदा सो ट्याङ्करमा सवार एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए।

मृतकको पहिचान खुल्न सकेको छैन । सो दुर्घटनामा परेर अर्का एक जना गम्भीर घाइते भएका छन् भने घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप