आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जब दुई सन्तानका पिताको प्रेममा परिन् शबाना आजमी : भनिन्, ‘धेरै पटक कोसिस गरेँ तर...’

सोमबार, २० चैत २०७९, १० : ४३
सोमबार, २० चैत २०७९

शबाना आजमी आफ्नो जमानाकी सबैभन्दा सुन्दर र प्रतिभावान नायिकामा पर्थिन् । उनीमाथि धेरै कलाकार मरिमेट्थे तर उनलाई भने लेखक जावेद अख्तर मनपर्यो । नायिकाले त्यति बेला यो सम्बन्ध निभाउन सहज नभएको स्मरण गरिन् । आफूहरूले यो सम्बन्ध अन्त्य गर्ने धेरै कोसिस गर्दा पनि छुट्टिन नसकेको बताइन् ।

विवाहित थिए जावेद

शबाना आजमीले आफ्नो सम्बन्धले धेरै नै उतार–चढाव सहनु परेको बताइन् । उनले भनिन्, ‘जावेदसँगको सम्बन्ध निभाउन सहज थिएन । किनभने यसमा दिल टुटेपछिको पीडा, बच्चा र समाजको सोचभन्दा विरुद्ध जाने साहस पनि समावेश छ ।’ शबाना आजमी जावेद अख्तरसँगको प्रेममा पर्दा उनी लेखक थिए र विवाहित पनि । हनी इरानीबाट उनका दुई सन्तान (फरहान अख्तर र जोया अख्तर) पनि थिए । यद्यपि, जावेद र शबानाबीच प्रेम बस्यो र दुवैले सन् १९८४ मा विवाह गरे । यसको एक वर्षपछि जावेदले हनीसँग सम्बन्ध विच्छेद गरे ।

कर्ली टेल्सलाई दिएको एक अन्तरवार्तामा शबानाले आफ्नो साथै जावेद र हनीको जीवनको कठिन पलबारे कुराकानी गरिन् । शबानाले भनिन्, ‘ओहो, त्यो असाध्यै मुस्किल समय थियो । मलाई लाग्दैन कि त्यति बेला हामीमाथि के परेको थियो भनेर कसैले बुझ्न सक्छ । ’

शबाना थप्छिन्, ‘उनीहरूलाई लागेको होला, ‘प्रेममा परे, विवाह भयो ।’ तर होइन, त्यो समय असाध्यै पीडादायी थियो । विशेष गरी त्यति बेला जब यसमा बच्चा पनि समावेश हुन्छन् । तपाईं एक हदभन्दा बढी मुस्किल समयबाट गुज्रिनुहुन्छ ।’

असफल भएको थियो सम्बन्ध तोड्ने कोसिस

शबानाले त्यति बेला आफूहरूले ब्रेकअप गर्ने कोसिससमेत गरेको बताइन् । आफूहरूको सम्बन्धमा बच्चा पनि समावेश भएकोले उनीहरू यो सम्बन्ध तन्काउन चाहँदैनथे । नायिकाले भनिन्, ‘बच्चाका कारण हामीले तीन पटक अलग हुने कोसिस गर्‍यौँ तर यस्तो हुन सकेन । आज के राम्रो भएको छ भने म सबै जनाको राम्रो साथी भएकी छु । हनी हाम्रो परिवारको सदस्य जस्तै छिन् । जोया र फरहान साथीजस्तै छन् । बच्चासँग हाम्रो सम्बन्ध निकै सुन्दर छ । म कृतज्ञ छु कि हाम्रो सम्बन्धले अन्ततः सुन्दर मोड लियो ।’

नायिकाले अनुरोध गर्दै भनिन्, ‘तपाईंले यस्तो कुनै सम्बन्ध देख्नुभयो भने कृपया यसलाई जज नगर्नुहोस् । किनभने यो तपाईंको जीवनको निकै पीडादायी समय हुन्छ । यसलाई सम्हाल्न र सम्बन्ध टिकाउन निकै मुस्किल हुन्छ । मेरो सम्बन्ध फरहान र जोयासँग निकै बलियो छ । उनीहरूलाई जति बेला आफ्नो बुवासँग समस्या हुन्छ, त्यति बेला उनीहरू मसँग कुरा गर्छन् ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप