सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मौसमी फ्लूबाट कसरी जोगिने ?

सोमबार, २० चैत २०७९, ११ : ११
सोमबार, २० चैत २०७९

काठमाडौं । गर्मी मौसम सुरु भएको छ । यो मौसममा स्वास्थ्यसम्बन्धी विभिन्न खालका समस्या देखिने गर्छ । यस याममा मौसमी फ्लूका समस्या धेरै देखिन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मौसमी फ्लूबाट बच्ने उपाय यस्तो छ–

–फ्लू लागेका व्यक्तिहरूबाट टाढा बस्नुपर्छ ।

–आफू बिरामी पर्दा अरुलाई सुरक्षित राख्न घरमै बस्नुपर्छ ।

–घरमा कसैलाई फ्लू लागे वा रुघा खोकी लागे सबैले मास्क लगानुपर्छ ।

–मौसमी रुघा खोकीमा जथाभावी रुपमा एन्टिबायोटिक प्रयोग गर्न हुँदैन ।

–खोक्दा वा हाच्छिउँ गर्दा नाक,मुख छोप्नुपर्छ ।

–बेलाबेलामा साबुपानीले हात धुनुपर्छ ।

–हातले आँखा,नाक वा मुख छुने बानी त्याग्नुपर्छ ।

–तातो पानी पिउने,बाफ लिने जस्ता घरेलुु  उपाचार विधि अपनाउनुपर्छ ।

–प्रशस्त  मात्रामा तातो पानी र झोलिलो खानेकुरा खानुपर्छ ।

–गाह्रो भएमा स्वास्थ्यकर्मीसँग परामर्श गर्नुपर्छ ।

–सम्भव भएसम्म फ्लू विरुद्धको खोप लगानुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप