एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी
सोमबार, २० चैत २०७९, १३ : ३७
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन भएका छन् । आज बिहान सिंहदरवारमा बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले चौधरीलाई प्रमुख सचेतक चयन गरेको हो ।
प्रमुख सचेतक भएका प्रकाश ज्वाला भौतिक मन्त्री भएपछि चौधरीलाई सचेतक बनाइएको हो । चौधरी दाङ १ बाट निर्वाचित सांसद हुन् । उनी यसअघि सहरी विकास मन्त्री भएका थिए ।